Logo

प्रमुख समाचार

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश



काठमाडौं । पूर्वमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

पौडेलका तर्फबाट पत्नी दोमायाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको एक इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

पौडेल असार ८ मा सुर्खेतबाट पक्राउ परेका थिए । आफ्नो पदको दुरुपयोग गरेर व्यवसायी दीपक भट्टलाई सेयर खरिदमा सहजीकरण गरेको कसुरमा पौडेलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार १२:२७   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।