काठमाडौं । दस दलीय सत्ता गठबन्धनको मुख्य साझेदार कांग्रेस कोटाबाट नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहण आज हुने भएको छ । कांग्रेसबाट मन्त्रीमा नियुक्त भएका धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बूलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ गराउन लागेका हुन् । नवनियुक्त मन्त्रीत्रयको शपथ समारोह आज दिउँसो ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।…