काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले मुलुक समृद्धिका लागि ४ प्रतिशतको आर्थिक वृद्धिदर पर्याप्त नहुने बताएका छन् । शनिवार बाह्रखरी मिडियाले आयोजना गरेको आर्थिक परिसंवाद कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले मुलुकको आर्थिक वृद्धिदर बनाउन सबैको सहयोग आवश्यक रहेको बताए । मन्त्री महतले सरकारको आर्थिक नीति र मौद्रिक नीतिको प्रमुख लक्ष्य आर्थिक वृद्धि गर्ने भएको बताए…