काठमाडौं । एसीसी प्रिमियर कपमा कतारले साउदी अरेवियालाई २ सय १७ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कतार ४९.५ ओभरमा २ सय १६ रनमा अल आउट भयो ।
कतारका मोहम्मद तनविरले ४८ बलमा ७ चौकासहित सर्वाधिक ४६ रन बनाए । ओपनर कमरान खान ३९ बलमा ७ चौकासहित ३६ रनमा आउट भए । इमाल लियांगे ३१ रनमा आउट हुँदा कप्तान मोहम्मद रिजलान २८, इक्रामउल्लाह खान १४ र आमिर फारुक ४ रनमा आउट भए ।
तल्लोक्रमका खुराम शाहजाद २७ रनमा आउट भए । सनदुन विथानागे १४ रनमा अविजित रहे । साउदीका तीव्र गतिका बलर इश्तिक अहमदले ९.५ ओभरमा ४६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । अतिफ उर रहमान, जैन उल अबिदीन र अहमद बलाडार्फले समान दुई विकेट लिए ।




















प्रतिक्रिया