काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले राष्ट्रिय सहमतिको प्रस्ताव गर्दा एमाले र राप्रपा सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएको बताएका छन् । सोमबार संसद्मा विश्वासको मत सम्बन्धी प्रस्ताव राख्दै उनले एमाले र राप्रपाले त्यस विषयमा जवाफ दिनुपर्ने बताएका हुन् । ‘राष्ट्रिय सहमतिमा राष्ट्रपति चयनका लागिका मेरो प्रस्ताव पछि अचानक राप्रपा र एमालेमा मन्त्रीहरुले राजीनामा दिनुभयो…