काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले बृहत् शान्ति सम्झौता भंग हुने चिन्ता बढेको बताएका छन् । शान्ति प्रक्रियालाई संवैधानिक अंग बनाइसकेपछि सत्य निरुपण तथा मेलमिलाप आयोगबाट टुंग्याउनुपर्नेमा रेगुलर कोर्टमा मुद्दा पुगेपछि यस्तो चिन्ता बढेको उनले बताए । नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार आयोजित माओवादी धारका पार्टीहरुको संयुक्त पत्रकार सम्मेलनमा महासचिव गुरुङले ‘संक्रमणकालीन न्यायसँग जोडिएका…