काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनपछि नेपाली कांग्रेस र नेकपा एमाले एक ठाँउमा आउन सक्ने संकेत गरेका छन् । बिहीबार राष्ट्रपतिको निर्वाचनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राजनीतिमा जे पनि सम्भव छ भन्ने भनाइले सार्थकता पाउन नसक्ने उल्लेख गरे । ‘राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्छन् नि, त्यही…