Logo

प्रमुख समाचार

‘क्रस मतदान’ नभए राष्ट्रपतिमा कांग्रेस उम्मेदवार पाैडेलकाे जित सुनिश्चित



काठमाडौं । गणतन्त्रपछिको चौथो कार्यकालका लागि राष्ट्रपतिको निर्वाचन आज हुँदैछ । दलहरुबीच राष्ट्रपति कसलाई बनाउने भन्ने निणर्यमा सहमति नहुँदा एमालेको तर्फबाट सुवासचन्द्र नेम्वाङ र कांग्रेसी गठबन्धनबाट रामचन्द्र पौडेल राष्ट्रपतिमा उम्मेदवार बनेका छन् । निर्वाचनपछि देशले तेस्रो राष्ट्रपति पाउने छ ।

पहिलो कांग्रेसकै उम्मेदवार डा. रामवरण यादव, दोस्रो र तेस्रो कार्यकालका लागि एमालेकी उम्मेदवार विद्यादेवी भण्डारीले राष्ट्रपति पद सम्हालिसकेका छन् । आज बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने मतदान भइरहेकाे छ । संविधानसभाबाट संविधान जारी भएपछि तेस्रो कार्यकालका लागि संसदीय अभ्यासमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।

याे पनि पढ्नुहाेस् :

यसरी गणना गरिन्छ राष्ट्रपति पदको मतभार

कांग्रेसलाई अप्रत्यासित रुपमा यसरी प्राप्त भएको थियो प्रथम राष्ट्रपति पद

राष्ट्रपति निर्वाचनमा संघीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छ । संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ । सत्तारुढ गठबन्धनसँग नेपाली कांग्रेस १६२२१, नेकपा माओवादी केन्द्र ७७२८, जनता समाजवादी पार्टी २०९७, एकिकृत समाजवादी पार्टी २४७८, जनमत पार्टी १२४२, लोकतान्त्रिक समाजवादी पार्टी ८२७, नागरिक उन्मुक्ति पार्टी ७६५ र राष्ट्रिय जनमोर्चाको १५८ मतभार रहेको छ । मतदान बदर भएन भने सबै मतभार जोड्दा ३१ हजार ५१६ हुन आउँछ ।

त्यस्तै नेकपा एमालेसँग १५२८१ मतभार रहेको छ । २२१० मतभार रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी तटस्थ बस्ने निणर्य गरेको छ । १५८० मतभार रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राष्ट्रपति निर्वाचनबारे निणर्य लिन बैठक बस्दैछ । त्यस्तै २२३ मतभार रहेको नेपाल मजदुर किसान पार्टी, ९६ मतभार रहेको हाम्रो नेपाली पार्टी र १२८७ मतभार रहेका स्वतन्त्रहरू अनिर्णित छन् ।

मानौं यी सबैले एमाले उम्मेदवारलाई मत दिँदा पनि जम्मा मतभार २० हजार ६७७ हुन आउँछ । पहिलै चरणमा राष्ट्रपतिमा विजयी हुन ५० प्रतिशत मतभार कटाउनुपर्छ । अर्थात, राष्ट्रपतिमा निर्वाचित हुन २६ हजार ३९४ मतभार चाहिनेछ । कांग्रसी गठबन्धनको मतभार सहजै यति हुने देखिन्छ । तर सांसदहरुले दलकाे ह्वीप पनि नमानेर आफूलाई मन पर्ने उम्मेदवारलाई मत दिएमा भने राष्ट्रपति पदका पाैडेल विजयी नहुन पनि सक्नेछन ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार ११:४०   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।