नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले जनयुद्ध दिवसको दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गर्नुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘मौकामा हिरा फोडेको’ टिप्पणी गरेका छन् । जनयुद्ध दिवसमा दिएको बिदाको बारेमा चौतर्फी विरोध भइरहँदा नेता बाँस्कोटाले प्रधानमन्त्रीले ‘पूर्व देखाएर पश्चिम हानेको’ बताएका छन् । सामाजिक सञ्जालमा ट्वीट गर्दै उनले केही समयअघिसम्म विदा बढी भयो…