Logo

अन्तर्राष्ट्रिय

भारतीय विदेशसचिव क्वात्रा काठमाडौंमा



भारतीय विदेशसचिव विनयमोहन क्वात्रा काठमाडौं आइपुगेका छन् । भारतीय वायु सेनाको जहाजमा उनी काठमाडौं आएका हुन् ।

परराष्ट्र सचिव भरतराज पौड्याल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले क्वात्रालाई त्रिभुवन विमानस्थलमा स्वागत गरे । केहीबेरमा दुई परराष्ट्र सचिबबीच होटल याक एण्ड यतिमा द्विपक्षीय वार्ता हुँदैछ ।

कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य र संस्कृतिलगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । वार्तामा नेपालले हवाई प्रवेश अनुमति, पञ्चेश्वरको डिपिआर, सीमा वार्तालगायत विषयमा प्रस्ताव गर्नेछ ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार ११:४४   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।