काठमाडाैं । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा सुशीला सिम्खडा चयन भएकी छन् । सो दलको बैठकले गोरखाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभामा निर्वाचित सिम्खडालाई प्रमुख सचेतक चयन गरेको हो । सचेतक सिम्खडाले विसं २०४६ मा विद्यार्थी सङ्गठनमा आबद्ध भएर राजनीति सुरु गरेकी थिइन् । माओवादी जनयुद्धमा उनी लामो समय भूमिगत भइन् ।…