काठमाडौं । नयाँ सरकार निर्माणका कसरतमा रहेका गठबन्धन दलका शीर्ष नेताको बैठक विनानिष्कर्ष सकिएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमध्ये प्रधानमन्त्री को पहिला बन्ने भन्ने विषय टुंगो लगाउन नसकेको हो । बैठकपछि संचार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले…