Logo

प्रतिनिधिसभा चुनाव नलड्ने बाबुराम भट्टराईको घोषणा

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी निर्वाचन नलड्ने घोषणा गरेका छन् । उनले आज (सोमबार) समाजिक संजालमार्फत आफू आसन्न प्रतिनिधिसभा चुनाव नलड्ने जानकारी गराएका हुन् । ‘आगामी २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु’, भट्टराईले सामाजिक सन्जालमा लेखेका छन् ।…