काठमाडौं । कानुन व्यवसायी प्रकाश अधिकारीले काठमाडौं–२ बाट प्रतिनिधिसभा चुनाव लड्ने घोषणा गरेका छन् । उनले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा चुनावमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् । अधिकारीले मूलधारका राजनीतिक दलले निराशाजनक कार्यसम्पादन गरेको भन्दै स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताएका छन् । यस क्षेत्रबाट नेकपा एमालेले मणिराम फुयाँललाई अघि सारेको छ भने…