काठमाडौं । कार्यदल सदस्यसहित बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आजै अपरान्ह ४ बस्ने गरी सकिएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब २ घण्टा बसेको बैठकमा सिट बाँडफाँडबारे सामान्य छलफल भएको कार्यदलका एक सदस्यले जानकारी दिए ।
अर्को बैठक आजै अपरान्ह चार बजे पुनः बैठक बसेर ठोस छलफल गर्ने सहमति भएको बताइएको छ । निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्दसूची सोमबार बुझाएसँगै सत्ता गठबन्धनमा रहेका दलहरु प्रत्यक्ष तर्फका उम्मेदवार छनोटमा लागेका हुन् ।
पाँच दलीय सत्ता गठबन्धनले साउन २० गते नै सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन गरेपनि सहमति जुट्न सकेको थिएन । गठबन्धनमा प्रतिनिधि सभाको १६५ सिटमध्ये ९० प्रतिशतमा सहमति जुटेपनि अन्य निर्वाचन क्षेत्रका बारेमा दोहोरो र तेहरो दावी भएकाले भागबण्डामा मिलाउन सकस पर्दै आएको छ ।




















प्रतिक्रिया