काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग पार्टी एकतामा सहमति जुट्न नसकेपछि उज्यालो नेपाल पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ। विगतमा भएको सहमति कार्यान्वयन र पूरक सम्झौताबाट रास्वपा पछि हटेपछि दुई पार्टीबीचको सहकार्य टुटेको दुवै पक्षले जनाएका छन्। सहकार्य अन्त्य भएपछि रास्वपाले आकस्मिक सचिवालय बैठक बोलाएको छ। उता उज्यालो नेपाल पार्टीको आकस्मिक केन्द्रीय कमिटी बैठक…