काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको एकता र संगठन सुदृढीकरणमा जोड दिएका छन् । ‘देश र कांग्रेस जोड्ने अभियान’ अन्तर्गत आयोजित एकता, सद्भाव र विमर्श कार्यक्रममा बोल्दै महरले कांग्रेसलाई एकताबद्ध, सशक्त र जनमुखी पार्टी बनाउनुपर्ने बताएका हुन् । उनले कांग्रेसका लाखौँ नेता–कार्यकर्ताले वडा सदस्यदेखि प्रधानमन्त्रीसम्मको जिम्मेवारी लिने सपना बोकेर पार्टीमा योगदान गरिरहेको उल्लेख…