काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार नेपाल आउने भएका छन्। प्रधानमन्त्री बालेन्द्र साहको आसन्न भारत भ्रमणको तयारीका क्रममा मिश्री नेपाल आउन लागेका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव अमृतकुमार राई र भारतीय विदेश सचिव मिश्रीबीच द्विपक्षीय वार्ता हुनेछ। वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षका साथै आपसी हित र चासोका विभिन्न विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ।
नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव मिश्रीले नेपालका उच्चस्तरीय पदाधिकारीहरूसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।
मिश्रीको भ्रमणलाई प्रधानमन्त्री साहको प्रस्तावित भारत भ्रमणको तयारी तथा दुई देशबीचको कूटनीतिक संवादलाई अघि बढाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।




















प्रतिक्रिया