काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३र८४ को वार्षिक कार्ययोजना तथा नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै मन्त्रालय र सरकारी निकायलाई निर्देशन दिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको सचिव बैठकले सरकारी कार्ययोजनाको विस्तृत कार्यान्वयन योजना तयार गरी निर्धारित समयसीमाभित्र कार्यान्वयन गर्ने निर्णय गरेको हो।
बैठकले महालेखा परीक्षकको प्रतिवेदनमा औंल्याइएका बेरुजु फर्छ्योट तथा न्यूनीकरणका लागि छुट्टै कार्ययोजना बनाउन पनि निर्देशन दिएको छ। त्यस्तै, उपभोक्ता ठगी, वस्तु तथा सेवामा हुने मिसावट र कृत्रिम अभाव नियन्त्रण गर्न बजार अनुगमनलाई तीव्रता दिने निर्णय गरेको छ।
यसैगरी, तिहार तथा छठ पर्वका अवसरमा शान्ति सुरक्षाको व्यवस्था चुस्त राख्ने र सार्वजनिक खरिद प्रक्रियामा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने निर्णय बैठकले गरेको छ।
सरकारी निर्णय प्रक्रियालाई सरल र डिजिटल बनाउने उद्देश्यले जारी सरकारी निर्णय प्रक्रिया ९सरलीकरण तथा डिजिटल बनाउने० सम्बन्धी नियमावली, २०८३ कार्यान्वयनमा ल्याउन पनि निर्देशन दिइएको छ।
नागरिकलाई सहज र प्रभावकारी रूपमा सरकारी सेवा उपलब्ध गराउने विषयलाई समेत बैठकले प्राथमिकतामा राखेको छ। त्यसका लागि नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयमा एकल विन्दु सेवा प्रणाली लागू गरी सेवा प्रवाहलाई नागरिकमैत्री बनाउनुपर्ने निर्णय गरिएको जनाइएको छ।




















प्रतिक्रिया