काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तीव्र पार्दै निर्वाचन आयोगले पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग व्यापक छलफल सुरु गरेको छ । आयोगका अनुसार निर्वाचनसम्बन्धी अनुभव आदान–प्रदान, विगतका चुनावका समस्या तथा समाधान, शान्ति–सुरक्षाको अवस्था र राजनीतिक दलहरूसँगको समन्वयका विषयमा छलफल केन्द्रित हुनेछ । यसअघि आयोगले राजनीतिक दलहरू र सरोकारवाला निकायहरूसँग पनि निर्वाचन तयारीबारे परामर्श गरेको…