Logo

प्रमुख समाचार

म्यादी प्रधानमन्त्री कार्कीको साढे चार महिना मात्र बाँकी : जनआकांक्षा अनुसार केही गर्न सकिएन



काठमाडौं । २०८२ साल भदौ २३ र २४ गतेको जेन–जी विद्र्रोहले आलोपालो शासन गर्दै आएका नेपालका नेताहरु परास्त भए पनि भागवण्डामा सर्वत्र भर्ना गरेका आफ्ना मतियारहरु मार्फत शक्ति संचय गरी फेरि संसद ब्यूँताएर सत्ता कब्जा गर्ने रणनीति अख्तियार गरी अघि बढेका छन् ।

सत्ताको ठकेदार जो एमाले र कांग्रेसलाई आलोपालो सरकार चलाउने भागवण्डा लगाएर केही वर्ष शासन गरेर देशभर चौतर्फी संवैधानिक पदमा आफ्नो मान्छे भर्ना गरेर सरकारको खुट्टा बलियो बनाएपछि जेन–जी विद्रोहले कांग्रेस–एमाले सरकार ढले पनि उनीहरु सरकार जेन–जीको सत्ता कांग्रेस एमालेको ठाने र काम गर्दै छन् ।

भ्रष्टाचारको गम्भीर आरोप खपेको र रुपैयाँ पैसा हिरा जवाहरात सहित नेताहरुले माल समान जेन–जी विद्रोहमा जले पनि शान्त भएको छैन । कांग्रेस सभापति शेरबहादुर आफूलाई नेपालको शेर ठानेर ह्वील चयरमा चढेर छल गरी सिंगापुर पुगेका छन् ।

उनी पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहर्क सभापति बनाएर तत्काल पार्टीका अन्य नेता र कार्यकर्ताहरुलाई अल्झाएर राख्न निर्देशन दिएर गएका छन् भने केपी शर्मा ओली अहिले पनि जेन–जी सरकारलाई चुनौती दिदै न्यायालयमा आफ्ना भागवण्डामा भर्ना गरेका न्यायाधीशले संसद् पुनस्र्थापना गरिदिने आश लगाएर उत्पात मचाउन उदृत भएका छन् ।

विघटित प्रतिनिधिसभामा ३२ सिट मात्र पाएर प्रमुख विपक्षी बनेका माओवादी केन्द्रका नेता प्रचण्डले आफ्ना पार्टीमा विद्रोह गर्ने नेता जनार्दन शर्मालाई लत्याउँदै समाजवादी पार्टीका माकुने अर्थात् माधवकुमार नेपाल लगायत अन्य सात दल गरी जम्मा ८ दलको यौटै पार्टी बनाएर आगामी चुनावमा साउथ ब्लकका निमन्त्रणामा दल दर्ता गराएर चुनाव मार्फत सत्ता कब्जा गर्न लागेका छन् ।

उता काठमाडौं महानगरका मेयर बालेन्द्र साह र तिनका मतियारहरु जेन–जी ग्रुपमा आवद्ध भई सबै थोथ्रा र पुराना नेतालाई तह लगाउन कम्मर कसेका छन् ।

जेन–जी समूह जो विभिन्न समूहमा विभाजित छन् उनीहरु प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री चाहेका छन् । कतिपय जेन–जी नेताले प्रत्यक्ष निर्वाचित शासक नभए चुनाव अर्थहिन हुने बताउँदै चुनाव नलड्ने भन्दै छन् ।

जेन–जी मागहरुलाई जेन–जीका बलमा बनेका सुशिला कार्की नेतृत्वको सरकारले सम्बोधन गर्न सकेका छैन । आश्वासन दिंदा दिंदै डेढ महिना यो सरकार पुगेको छ ।

अब साढे चार महिना मात्र यो म्यदी सरकार समक्ष समय बाँकी रहेको छ । जनआकांक्षा अनुसार यौटा काम भएका छैन ।

भदौ २३ र २४ गते जसरी विद्रोह भएर देशमा आगो लागी हुँदा खर्वौ–खर्बको नोक्सानी भएर उही २०७२ सालको पुरानो संविधान, पुरानो निर्वाचन प्रणाली अनुसारको चुनाव नै नलडी बसी बसी समानुपातिक सिट मार्फत सांसद बन्ने व्यवस्थाले विद्रोहमा ७६ जनाले प्राण आहुती गरेको अवस्था त्यस्तै खेर गएको प्रष्ट छ ।

चुनावको माहोल बनेको छैन । एमाले नेता र त्यसको अध्यक्षले संसद ब्यूँताउने खेलमा लाग्दा जेन–जी समूहलाई परास्त गर्न यी हठ काटेका ७५ उमेर पुगेका नेताहरुले पुनः सत्तामा फर्किने प्रवल संभावना छ ।

अहिले जसरी संविधान बाहिरबाट प्रधानमन्त्री बनेका सुशिला कार्की प्रधानमन्त्री बनिसकेपछि त्यही थोथ्रो २०७२ सालको संविधान पालन गर्ने भनिरहँदा देशमा आमूल परिवर्तन असम्भव छ ।

गर्नुपर्ने कुरा के छ भने जेन–जी आन्दोनलले प्रत्यक्ष रुपमा प्रधानमन्त्रीको चयन, पुरानो निर्वाचन प्रणालीको खारेजी संघीयता खारेज २७५ जना प्रतिनिधिसभामा जिल्लाहरुबाट एक–एक जना गरी ७७ जना काफी हुन्छ ।

२०० जना प्रतिनिधिसभामा कटौती गर्दा राष्ट्रको थुप्रै करोडौंको बचत हुनेछ । भ्रष्टाचारीलाई जेल हाल्न यो सरकार असफल भएको छ ।

अहिल जेन–जी आन्दोलनको राप तापलाई मत्थर पारेर शक्ति हत्याउने अदृश्य पाटाहरु सक्रिय भए पनि उनीहरुको रहस्य खुल्दै गएको छ ।

ओली, देउवा, माकुने र प्रचण्डको टोली जति फर्फराए पनि जेन–जीको शंख फुकाई मै उड्ने छ । देशभर जेन–जी समूह आफ्नो माग पुरा गराउन र जनतालाई अधिकार दिलाउन कटिवद्ध रही रहँदा यही फागुन २१ गतेको चुनाव सर्न सक्ने प्रवल सम्भावना छ ।

किनकी सरकार अहिले चुनावको वातावरण बनाउन पूर्णत असफल छ । चुनाव भागवण्डामा भर्ना भएका निर्वाचन आयोगका पदाधिकारी कांग्रेस र एमालेको छाप लागेकाहरुले कस्तो गराउने हो उत्सुकता सर्वत्र छ ।

प्रमुख निर्वाचन आयुक्त पद खाली छ । प्रमुख निर्वाचन आयुक्तको भर्ना सँगसँगै पुराना आयुक्तहरुको खारेजी पछि नै स्वच्छ चुनाव हुन सक्ने जेन–जीको यौटा अर्को समूहको भनाई सुन्दा सान्दर्भिक लाग्दछ ।

जे होस् देश युवा र नेपाली जनताको अनुकूल हिड्न सके मात्र परिणाम राम्रो आउने आजको अपर्णमा खबर छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार ११:२९   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।