काठमाडौं । नेकपा एमालेले जेठ १५ गते गणतन्त्र दिवसलाई देशव्यापी रूपमा उत्सवका रूपमा मनाउने निर्णय गरेको छ । पार्टीको च्यासलस्थित केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले देशभरका सबै पालिकामा तथा काठमाडौं उपत्यकामा विशेष कार्यक्रमसहित गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो । एमाले महासचिव शंकर पोखरेलका अनुसार काठमाडौं उपत्यकामा सांस्कृतिक झाँकीसहितको कार्यक्रम आयोजना हुनेछ, जसको संयोजन…