Logo

प्रमुख समाचार

भ्रम छर्ने कुरा फेसनजस्तो भयो : उपप्रधानमन्त्री सिंह



काठमाण्डौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएन भनेर भ्रम छर्नेकुरा फेसन जस्तो भएको बताएका छन् ।

शनिबार काठमाण्डौंमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ काठमाण्डू महानगर समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् ।

उनले अहिले के भयो र ? के भएको छ र ? जस्ता भाष्यहरू बनाएर प्रजातन्त्रले के ल्यायो भन्दै प्रश्न गर्ने काम भइरहेको पनि बताएका छन् । उनले भने, ‘अहिले एउटा फेसन जस्तो के भयो र ? के भएको छ र ? यो प्रजातन्त्रले के ल्यायो र ? के दियो र भन्छन् । त्यो के दियो ? के चित्त बुझेन भन्ने अभिव्यक्ति स्वतन्त्रता दिने कसले दियो त भन्दा यही प्रजातान्त्रिक पद्धतिले दिलाएको हो, ‘प्राप्त भएको अधिकारलाई अब हामी सुरक्षित राख्ने जिम्मेवारी कसको रु संघर्ष गरेर अधिकार आयो ।

अधिकार आइसकेपछि अधिकार सुरक्षित राख्दै, संस्थागत गर्दै अगाडि बढाउने जिम्मेवारी तपाईं हाम्रो काँधमा छ ।’ अभिव्यक्ति स्वतन्त्रताको अधिकार कसले दियो रु भन्दै प्रश्न समेत गरेका छन । उनले संघर्ष र बलिदानबाट प्राप्त अधिकारको संरक्षण गर्ने काम सबैको भएको पनि बताएका छन् । नकारात्मक कुरालाई प्रचार गर्ने काम भइरहेको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका छन् ।

उनले भने, ‘अहिलेको समय खालि नेगेटिभ कुरालाई हाइलाइट गर्ने, अचिभमेन्टलाई केही होइन यो, प्राप्त गरेको कुरा केही होइन भन्ने । प्राप्त गरेको कुरा केही होइन भने के नयाँ प्राप्ति गर्न यो आवाज उठिरहेको छ त ? यतातिर पनि हाम्रो ध्यान जानुपर्छ । लामो समयको त्याग तपस्या र बलिदानले अहिलेको प्रणाली ल्याएका छौँ ।’

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आईतवार ०८:०८   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।