Logo

कांग्रेसको महाधिवेशन समयमै हुनुपर्छ : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका १५औं महाधिवेशनका महामन्त्री पदका उम्मेदवार नैनसिंह महरले पार्टीको लोकतान्त्रिक अभ्यासलाई सशक्त बनाउने मार्गका रूपमा महाधिवेशन समयमै सम्पन्न हुनुपर्नेमा जोड दिएका छन्। काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महरले पार्टीको संगठनात्मक तयारी, अधिवेशनको पूर्वाधार र विधानअनुसारका प्रक्रियामा देखिएको सुस्तताले महाधिवेशन समयमै सम्पन्न हुनेमा आशंका पैदा भएको बताएका हुन्। “महाधिवेशन केवल एक औपचारिकता…