काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भनेका छन् कि तत्काल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको छ । उनले शुक्रबार पार्टीको दोस्रो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै पार्टी एकताबारे चलिरहेको कुप्रचारको भ्रममा नपर्न आग्रह गरे । अध्यक्ष नेपालले भने, 'हाम्रो पार्टीसँग जोडेर विभिन्न प्रकारका प्रचार भइरहेका छन्, कहिले पार्टी एमालेसँग मिल्ने, कहिले माओवादीसँग…