Logo

प्रमुख समाचार

कुनै पार्टीसँग एकताको सम्भावना छैन : माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भनेका छन् कि तत्काल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको छ । उनले शुक्रबार पार्टीको दोस्रो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै पार्टी एकताबारे चलिरहेको कुप्रचारको भ्रममा नपर्न आग्रह गरे ।

अध्यक्ष नेपालले भने, ‘हाम्रो पार्टीसँग जोडेर विभिन्न प्रकारका प्रचार भइरहेका छन्, कहिले पार्टी एमालेसँग मिल्ने, कहिले माओवादीसँग मिल्ने भनिन्छ। यस्ता कुप्रचारको भ्रममा नपर्नुपर्ने कुरा म सबैलाई सम्झाउन चाहन्छु।’

उनले एकता र मिलापको बारेमा कुनै निर्णय नलिइएको उल्लेख गर्दै ‘अब हामीले हाम्रो पार्टीलाई सशक्त बनाउनु पर्छ। यही हामीलाई क्रान्तिकारी धारको बलियो शक्ति बनाउने बाटो हो।’

 

 

 

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार १४:१६   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।