काठमाडौँ । आउँदो १७ गतेबाट चीन भ्रमण गर्न लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले १८ गते चीनका राष्ट्रपति सि चिनफिङ र प्रधानमन्त्री ली छ्याङसँग भेटवार्ता गर्ने तय भएको छ । प्रधानमन्त्रीको भ्रमणको बिहीबार मन्त्रिपरिषद् बैठकले औपचारिक स्वीकृत गरेको हो । प्रधानमन्त्रीको भ्रमणका क्रममा विगतका सम्झौता कार्यान्वयनको फलोअप, बीआरआईमा सहकार्य र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुदान सहयोगका लागि…