काठमाडौँ । आउँदो १७ गतेबाट चीन भ्रमण गर्न लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले १८ गते चीनका राष्ट्रपति सि चिनफिङ र प्रधानमन्त्री ली छ्याङसँग भेटवार्ता गर्ने तय भएको छ ।
प्रधानमन्त्रीको भ्रमणको बिहीबार मन्त्रिपरिषद् बैठकले औपचारिक स्वीकृत गरेको हो । प्रधानमन्त्रीको भ्रमणका क्रममा विगतका सम्झौता कार्यान्वयनको फलोअप, बीआरआईमा सहकार्य र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुदान सहयोगका लागि प्रस्ताव लगायतका एजेण्डामा छलफलको तयारी छ।
तर द्विपक्षीय छलफलका औपचारिक एजेण्डाहरू भने सार्वजनिक भएका छैनन् । प्रधानमन्त्री ओली हिमालय एयरलाइन्सबाट जाने छन् ।
प्रतिक्रिया