Logo

पेटमा छोरी छ भन्ने थाहा पाएपछि पतिले पेट चिरिदिएकी गर्भवती महिलाले जन्माइन् मृत शिशु

भारतको उत्तर प्रदेशको बदायूँ जिल्लामा आफ्नै श्रीमानले गर्भवती श्रीमतीको पेट धारिलो हतियारले चिरेका छन् । हतियारले चिरेपछि उनकी श्रीमतीले मृत बच्चा जन्माएको त्यहाँको प्रहरीले जनाएको छ।ती दम्पतीका पाँच जना छोरी रहेका र ती पुरुषले छोरा जन्माउन पत्नीलाई दबाव दिने गरेको जनाइएको छ। महिलाको माइती पक्षले शिशुको लिङ्ग पहिचान गर्न महिलाको पेट चिरेको आरोप लगाएको छ।…