पोखरा । नेपाली कांग्रेसको १४औं महाधिवेसन अन्तर्गत हुन लागेको पालिकास्तरीय निर्वाचन अन्तर्गत पोखरा महानगरपालिकामा शुक्रबार मनोनयन दर्ता भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार विभिन्न ९ पदमा एक सय ५७ जनाले उम्मेदवारी दिएका छन् । केही पदमा घम्साघम्सी हुने देखिएको छ भने अधिकांश पदमा निर्विरोध निर्वाचित हुने अवस्था छ । खासगरी पदाधिकारीमा उम्मेद्वार बढी छन्…