Logo

गण्डकी प्रदेश

पोखराका गणेशबहादुर भट्टराईसहित दर्जन पर्यटन व्यवसायी कांग्रेसमा प्रवेश



पोखरामा चर्चित पर्यटन व्यवसायी तथा पूर्व उपमेयर गणेशबहादुर भट्टराई नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई पोखराको भावी मेयरको रुपमा हेरिएको छ ।

यसैगरी पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईका साथै धर्मेन्द्र कुमार वाटाजु, अशोक कुमार भण्डारी, जीवन भट्टराई, ई. विकाश भट्टराई, ई। विशेष भट्टराई, जयराम तिमिल्सिना, सुनिल बहादुर भट्टराई, अमित थापा, सरोज भट्टराई, च्याम बहादुर गुरुंग र अमृत ढकाल पनि कांग्रेसमा प्रवेश गरेका छन् ।

उनीहरु सबैलाई प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित एक कार्यक्रमका बीच नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका हुन् ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार १४:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।