Logo

गण्डकी प्रदेश

लुम्बिनीमा कसलाई कुन मन्त्रालयको जिम्मेवारी ? 



लुम्बिनी प्रदेशमा गठबनधनको तर्फबाट माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता कुलप्रसाद के.सी. मुख्यमन्त्रीमा नियुक्त भएसँगै मन्त्रिपरिषद् विस्तार गरेका छन् । क.सी.ले आज नै सानो आकारको मन्त्रिपरिषद् विस्तार गरेका छन् । 

बिहीबार कांग्रेसबाट डिल्लीबहादुर चौधरी, नेकपा माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, जनता समाजवादी पार्टीबाट सहसराम यादव, पुरमती ढेंगा र सुमन शर्मा रायमाझी र अजय शाही मन्त्री बनेका छन् । चौधरी शहरी तथा ग्रामीण विकास र सहसराम यादव भौतिक पूर्वाधार मन्त्री बनेका छन् ।

स्वतन्त्र राजनीतिक समूहका अजय शाही पनि मन्त्री बन्ने स्रोतले बताएको छ । मुख्यमन्त्री र मन्त्रीहरुले बिहीबार नै शपथ लिँदैछन् ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार १७:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।