Logo

गण्डकी प्रदेश

स्थगित भएको गण्डकी प्रदेशसभाको बैठक पुन:आह्वान



गण्डकी प्रदेशको स्थगित वर्षे अधिवेशन आह्वान गरिएको छ । दुई महिना पहिले बजेट पारित गरिएपछि स्थगित भएको गण्डकी प्रदेशसभाको बैठक भदौ २९ गते दिउँसो एक बजे बोलाइएको सचिवालयका सचिव हरिराज पोखरेलले बताउनु भयो ।

बैठकको कार्यसूची तयार पार्न भदौ २८गते दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने उहाँले बताउनु भएको छ।
गत ३० असारमा बजेट पारित भएपछि मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले पूर्वसरकारले सुरु गरेका क्रमगत योजनाहरु हटाएको विरोधमा प्रतिपक्ष एमालेले बैठकमा बाधा गरेपछि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको थियो ।


प्रतिपक्ष एमालेले क्रमागत योजनाबाट हटाइएका योजना सुरु नगरेसम्म बैठक चल्न नदिने अडान लिएपछि रकमान्तरबारे छानबिन गर्न एमाले सांसदको संयोजकत्वमा समिति गठन भएको थियो । एमालेले यसअघिको सरकारले संचालनमा ल्याएका योजनाहरु हटाएको तथा क्रमागत योजनाहरुमा बजेट विनियोजन नगरेको आरोप लगाउदै सदन सुरु हुने बित्तिकै पहिले यी नै विषयलाई जोडतोडले उठाउने तयारी थालेको थियो ।
एमालेको यही बिषयमा सदन अवरुद्ध पार्ने रणनीति बुझेको सत्तापक्षले भदौ १३ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट १४ वटा क्रमागत योजनाहरुलाई पुनः बजेट विनियोजन गर्ने निर्णय गरेपछि बर्खे अधिवेशन आह्वान गरेको हो ।

सरकारले योजना तयार पार्नका लागि बजेटको स्रोतको सुनिश्चितता भएकाले पुनः ती योजनाका लागि २३ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको बताएको छ । बर्खे अधिवेशनमा सरकारले केही विधेयक पेश गर्ने योजना बनाएको छ ।

प्रकाशित मिति : भाद्र १७, २०७८ बिहीबार  ५ : १७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।