नेपाल टेलिकमको रिपिटर टावर कम हुँदा डोल्पाका विभिन्न ठाउँमा सञ्चार सेवा अवरुद्ध हुने गरेको छ । जिल्लामा रहेका १३ टावरमध्ये छ स्थानमा स्याटेलाइट, पाँचस्थानमा माइक्रोवेभ र दुईवटा रिपिटर प्रविधिबाट सञ्चालन आएका छन् ।
नेपाल टेलिकम डोल्पाका प्राविधिक नवराज भट्टराईले जिल्लाको मौरे, रसीकोलेकमा रिपिटर टावर रहेको जानकारी दिए । उनले “कोरियान स्याटेलाइटबाट जोडिएका टावरबाट एक पटकमा १६ व्यक्तिले मात्र फोन गर्न मिल्ने छ । ”
माइक्रोवेभमा नजोडिएका कारण डोल्पाका अधिकांश स्थानीयवासी सञ्चार सेवा सहजरूपमा प्रयोग गर्न पाएका छैनन् । उपल्लो डोल्पाको सहरतारामा कोरियन स्याटेलाइट प्रविधिलाई विस्थापित गरेर माइक्रोवेभबाट चल्ने टावर जोड्ने काम शुरु भएको छ । हिमापात जारी रहेकाले दुुई महिनादेखि काम अवरुद्ध भएको टेलिकमले जनाएको छ । जिल्लामा दुुई मात्र रिपिटर टावर हुँदा सबै ठाउँमा रहेका टावरमा लिङ्क जोड्न समस्या भएको प्राविधिक भट्टराईले जानकारी दिएका हुन ।
रासस
८ पुष २०७६, मंगलवार ०५:०४



















प्रतिक्रिया