काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको बिहीबार खेलिएको खेलमा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई आठ विकेटले पराजित गरेको छ । प्रतियोगितामा ६ खेल खेलेको मधेश प्रदेशको दोस्रो जित हो । लुम्बिनी प्रदेशले दिएको ९७ रनको लक्ष्य मधेश प्रदेशले २ विकेट गुमाएर १८.५ ओभरमा पूरा गरेको थियो । मधेसलाई जिताउने क्रममा पुजा महतोले नटआउट…