Logo

अर्थ

सुदूरपश्चिम सरकारले विकास सम्मेलन गर्दै, तालिम तथा स्वरोजगार उपसमिति सदस्यमा बम मनोनीत



काठमाडौं- नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघका महासचिव छत्र बम सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनका लागि तालिम तथा स्वरोजगार उपसमितिको सदस्य पदमा मनोनीत भएका छन्।

सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले उनलाई तालिम तथा स्वरोजगार उपसमितिको सदस्य पदमा मनोनयन गरेको हो।

सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा आगामी फागुन २३ र २४ गते धनगढीमा सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन हुँदैछ।

उक्त सम्मेलन सफल पार्न कार्यकारी समिति अन्तर्गतको तालिम तथा स्वरोजगार उपसमितिको सदस्य पदमा बमलाई मनोनयन गरिएको प्रदेशका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले उल्लेख गरेका छन्।

उनले विकास सम्मेलनमा तालिम तथा स्वरोजगार सम्बन्धी परियोजनाका लागी स्वदेशी तथा वैदेशीक लगानी भित्र्याउन बमको अनुभव, विज्ञता र सम्बन्धका माध्यमबाट महत्वपूर्ण योगदान पुग्ने विश्वाससमेत व्यक्त गरेका छन्। बम लामो समयदेखि तालिम तथा स्वरोजगारको क्षेत्रमा कार्यरत छन्।

प्रकाशित मिति : ६ पुष २०८०, शुक्रबार ०६:५८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।