काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संसद् चल्न ढिलो भए अध्यादेशमार्फत संघीय निजामति ऐन ल्याउने बताएका छन् ।
शनिबार पार्टीको बागमती प्रदेशस्तरीय प्रथम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले संसद् सञ्चालन हुन ढिलो भए अध्यादेशमार्फत संघीय निजामति ऐन ल्याउने बताएका हुन्। उनले संघीय प्रहरी ऐन, संघीय कर्मचारी ऐन र शिक्षा विधेयकहरु संसद् सञ्चालन हुन ढिलो भए अध्यादेशमार्फत ल्याउने बताए। स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन छिट्टै संघीय कानुनहरु पारित गर्ने तयारीमा रहेको दाबी समेत उनले गरे।
मन्त्री गुरुङले भने, ‘प्रदेशहरुले झण्डा त पायो, दण्ड पाएन भन्ने कुरा आयो। निश्चित रुपमा झण्डा त पायो प्रदेशमा तर हामी दण्ड नपाउने परिस्थिति छिट्टै अन्त्य गर्दैछौँ।’
उपसभापति गुरुङले कांग्रेसको आनीबानी र व्यवहार सुदृढ गर्न आवश्यक रहेको समेत बताएका थिए।
प्रतिक्रिया