काठमाडौं । मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशसभाको विश्वास जित्न नसकेपछि कोशी प्रदेशमा अहिले नयाँ सरकार गठनको रस्साकस्सी चलिरहेको छ । एमालेका कोशी संसदीय दलका नेता कार्कीले विश्वास गुमाएसँगै प्रदेश प्रमुख पर्शुराम खापुङले भोलि (बिहीबार) साँझ ५ बजेसम्मको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन् । सरकार गठनको आह्वानपछि सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले कांग्रेस…