दाङ । लुम्बिनीमा प्रतिपक्षी दल एमालले विरोध कायमै राखेको छ ।
प्रदेश सरकारले ल्याएको बजेटमाथि असन्तुष्टि जनाउँदै एमाले लगातार प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएको छ । लुम्बिनीमा एमालेले असार १३ गतेदेखि बसेको सदन अवरुद्ध गरेपछि बैठक चार पटक स्थगित हुन पुगेको छ ।
मंगलबार पनि एमालले बजेटमाथि असन्तुष्टि जनाउँदै विरोध कायमै राखेपछि बैठक एक घण्टा स्थगित गरियो । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले बैठक आज बेलुका पाँच बजेसम्मका लागि स्थगित गरेका छन् ।
लुम्बिनीमा एमालेले विगतका क्रमागत योजनाहरु कटौती गरेको र प्रदेशका निर्देशनालयहरु खारेज गर्न खोजेको भन्दै असन्तुष्टी जनाउँदै आएको छ ।
लुम्बिनी प्रदेशसभा दोस्रो अधिवेशनको १५ औँ बैठकले सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन र्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरिएको छ ।
प्रतिपक्ष दलको विरोधकाबीच प्रदेशसभाले विधेयक पारित गरेको हो । आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रस्ताव पेश गर्ने क्रममा रोष्ट्रम घेराउ गरिएको थियो ।




















प्रतिक्रिया