Logo

समाचार

ट्राफिक प्रहरीका जवान घिमिरेलाई कुटपिट गर्ने ९ जना पक्राउ



ललितपुरको पुल्चोकमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीका जवान कोमल घिमिरेलाई निर्घात कुटपिट गर्ने समूहका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । जवान घिमिरे चढेको बा.२प ७२४२ नम्बरको मोटरसाईकल तोडफोड गरेर कुट्ने ९ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेक प्रसाद राईले जानकारी दिए ।

पक्राउ पर्नेमा ललितपुरका ४० वर्षीय महेश बज्रचार्य, ३९ वर्षीय पृथ बिन्दु महर्जन, भक्तपुरका ३२ वर्षीय श्याम श्रेष्ठ, काठमाडौं घर भएका ४७ वर्षीय यादवलाल कायस्थ, ललितपुरका ३८ वर्षीय अशोक कुमार महर्जन, ३६ वर्षीय रवि शाक्य, ४३ वर्षीय सुविन शाक्य, ४७ वर्षीय ध्रुवराज बज्रचार्य र ४० वर्षीय रविन शाक्य रहेका छन् ।

मत्स्येन्द्रनाथको रथ तान्न भेला भएका समूहको कुटाईबाट जवान घिमिरे घाइते भएका छन् । उनको अल्का अस्पतालमा उपचार भइरहेको महानगरीय ट्राफिक महाशाखाका एसएसपी भीम प्रसाद ढकालले जानकारी दिए ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार ००:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।