वीरगञ्जमा कोरोना संक्रमित ८५ वर्षीया वृद्धाको मृत्यु भएको छ । गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान साढे ११ बजे मृत्यु भएको अस्पतालका कोओर्डिनेटर डा.उदयनारायण सिंहले जनाएका छन ।
केही दिनअघि निमोनिया भएर अस्पताल ल्याएकी उनलाई साउन ७ गते कोरोना पुष्टि भएको थियो । वीरगञ्जमा रहेको एडभान्स अस्पतालमा भर्ना गरिएको थियो । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।




















प्रतिक्रिया