सत्तारुढ दल नेपाल कम्युनिष्ट (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीकै कारण नेकपा एमाले दल दर्ता भएको आरोप लगाएका छन । संघीय राजधानी काठमाडौंमा भएको एक कार्यक्रममा अध्यक्ष प्रचण्डले अध्यक्ष केपी शर्मा ओलीकै सक्रियतामा निर्वाचन आयोगमा नेकपा एमाले दर्ता भएको दाबी गरे ।
पार्टी भित्र अन्तरविराोध बढ्दै जाँदा अध्यक्ष प्रचण्डले ओलीको एकलौटीपनले नेकपामा विवाद आएको बताए । उनले पार्टीको अनुमति विपरीत आफूखुसी काम गर्दा सरकार बदनाम भएको आरोप लगाउँदै प्रचण्डले पार्टीको सक्रियताले भएका राम्रा कामको जस ओली एक्लैले लिन खोज्दा पार्टी फुटको खतरामा रहेको बताए ।
ओलीको कार्यशैली प्रति रोष प्रकट गर्दै अध्यक्ष प्रचण्डले ओलीले पाार्टीको राम्रो कामको जस आफूले मात्र लिन खोजेको र अरुलाई दलाल भन्ने गरेको प्रति आपत्ती जनाए ।




















प्रतिक्रिया