नेपाली भूमी कालापाानी, लिपुलेक र लिम्पीयाधुरा सहितको भूमीमा नेपालीहरुलाई प्रवेश रोक लगाउन भारतले आग्रह गरेको छ । ,’ भारतको धार्चुला प्रशासनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र लेख्दै भारतीय भूमी गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध नेपाली प्रवेश रोक गर्न आग्रह गरेको छ ।
उक्त भूमी भाारतको भएको दाबी गर्दै धार्चुलाले ‘बिभिन्न नेपाली गुट/समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहन्छन्, जसबाट मिडियाको ध्यान आकृष्ट गर्न सकियोस् र दुवै देशको प्रशासनलाई हैरान बनाउन सकियोस्,’।
सरकारले लिपुलेक, लिम्पियाधुरा, कालापानी सहितकाे नेपाली भूमी समेट्दै नक्सा जारी गरेसँगै भारत सरकारले त्यसकाे विराेध जनाउँदै अाएकाे छ । सरकारले भारत सरकारसँग पटक पटक कुटनीतिक नाेट पठाए पनि भारतले उक्त क्षेत्र अाफ्नाे भएकाे दाबी गरिरहेकाे छ ।
हेर्नुहास भारतले दिएकाे पत्र जस्ताकाे त्यस्तै





















प्रतिक्रिया