सुनसरीको धरान उपमहानगरपालिका–३ स्थित पालिका तरकारी बजारमा आगलागि हुँदा ११ पसल जलेर पूर्ण रुपमा नष्ट भएका छन । सोमबार बिहान विद्युत् सर्ट भएर आगलागी हुँदा ११ जनाको फलफूल तरकारी तथा कस्मेटिक पसल, किराना पसल, होटल, जल्दा झण्डै ५२ लाख ६८ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट रमा चौहान खतिवडाको ९ लाख, कल्पना तामाङको १० लाख, ओसिन श्रेष्ठको ७ लाख, सविता खनाल लिम्बूको ६ लाख, ज्ञानकुमार श्रेष्ठको ७ लाख, अनिता आचार्जुको ७ लाख, निरा निरौलाको २ लाख, इन्दिरा श्रेष्ठको ४ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिएका छन् ।




















प्रतिक्रिया