Logo

राजनीति

स्थायी कमिटी बैठकबारे गाँठो फुकाउन,ओली-दाहाल र खनालबीच बालुवाटारमा त्रिपक्षीय छलफल जारी



सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री झलनाथ खनालबीच बालुवाटारमा छलफल जारी रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा स्थायी कमिटी बैठक स्थगित गरेसँगै अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता खनाल ओलीलाई भेट्न बालुवाटार गएका हुन्।

अध्यक्ष केपी ओली उपस्थित नभए पनि बैठक सुचारु गर्ने मोडमा रहेका प्रचण्ड, खनाल र नेपाल पक्षहरु नेताहरुको बैठकमा कोरम नपुगेपछि बैठक स्थगित गर्दै उनीहरु ओलीलाई भेट्न बालुवाटार पुगेका हुन ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलवार १४:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।