उच्च शिक्षा अध्ययनका लागि कोरिया जान लागेका विद्यार्थीले पैसा तिरेर पनि जान नपाएको गुनासो गरेका छन् । उच्च शिक्षा अध्ययनका क्रममा कोरिया जानको लागि एभल ट्राभल्सलाई पैसा बुझाए पनि विमानस्थलबाट फर्काएको पीडित विद्याार्थी अस्मिता ढकालले गुनासाे गरेकी छन् ।
विश्वव्यापी महामारीको रुपमा कोरियाबाट स्वदेश फर्किएकी अस्मीता ढकालले राजधानी काठमाडौं स्थित एभल प्रालि ट्राभल्स एण्ड टुर्स ट्राभल्समा १,५३,७५० रुपैयाँ बुझाइन् । उक्त कम्पनीले जुन १० तारिकको लागि चार्टर फ्लाइट रहेको भन्दै काठमाडाैं बोलाएको ढकालले अनलाइनपाना डटकमलाई बताएकी छन् । कम्पनीले ७ तारिक साँझ फोन गरेर पैसा मागेको र ८ तारिकमा पैसा बुझाउँदै टिकट लिएको उनको भनाई छ । जब १० तारिकमा कोरिया उड्नको लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगिन उनलाई एयरलाइन्सले कोरोना पीसिआर रिपाोर्ट नभई जान मल्दिैन भनि फर्कायो ।
त्यसपछि कम्पनीलाई पीसिआरको कुरा तपाइले केहि गर्नु भएन अहिले अन्तिममा जाने समयमा किन रोकियो पैसा फिर्ता दिनुहोस भन्दा कम्पनीका ठाकुर प्रसाद ढुङ्गानाले तपाई चिन्ता नलिनुहोस ३० तारिकमा तपाईलाई जसरी पनि पठाइदिने भन्दै आश्वासन दिएको बताइन् ।
त्यसपछि आफूले पीसीआर रिपाोर्ट बनाएर २३/२४ तारिकमा कम्पनीमा जाँदा कोरिया जाने भए पून: १ लाख ५३ हजार ७५० रुपैयाँ दिनु पर्ने भन्दै विवाद गरेको गुनासो गरेकी छिन् । उहाँहरुले पैसा डबल मागेपछि आफूहरुले सुकेधारा स्थित प्रहरी कार्यालयमा उजुरी दिएको भए पनि प्रहरीले मुद्धा चलाउन भन्दै छलफल नगरिकन पन्छिएको आरोप लगाइन् ।
पीडित विद्यार्थीले आफू पटक-पटक गुनासो लिएर कम्पनी जाँदा कोरिया हेर्ने व्यक्ति दुबई गएको भन्दै फर्काउने काम गरेको गुनासो ढकालको रहेको छ। उता एबल प्रालिका कोरिया डिपार्टमेन्ट हेर्ने रामहरि सुवेदीले भने, उनको आरोपमा कुनै सत्यता नभएको अनलाइनपानालाई बताएका छन् । उनले भने,कोरोना रिपाेर्ट बिना विदेश पठाउन सकिदैन ।
१० तारिकमा अस्मीताले कोरोना रिपाेर्ट नल्याउँदा एयरलाइन्सले नै फर्काएको स्वीकार गर्दै सुवेदीले १६/२० जुनमा पनि मन्त्रालयले एप्रपु गरेपछि मात्र विद्यार्थी पठाइएको बताए । उहाँलाई ३० तारिकमा पठाउन सकिन्थ्यो, चार्टर विमान कम्पनीलाई फेरि पैसा बुझाउनु पर्ने भएकाले उहाँले पैसा नबुझाउँदा कोरिया जानबाट बञ्चित भएको बताए । साथै आफ्नो कम्पनीले पाटन अस्पातल र टिचिङ अस्पतालबाट कोरोना रिपोर्ट सहित नाम एप्रुभ गराउन दुतावास जानु भन्दा अगाडि २७/२८ तारिकमा खबर गरि पैसा बुझाउन भन्दा उहाँहरुले पैसा नबुझाउँदा लिन नसकिएको बताए । सुवेदीले आफू विरुद्ध महाराजगञ्ज प्रहरीमा उजुरी गरेको र छलफलको लागि जाँदा मिडियाकर्मी ल्याउँछ भन्दै धम्काएको समेत बताए ।
अब हामीले एयरलाइन्सलाई २४९ सिटको पैसा बुझाएको र १० तारिकमा उहाँकाे सिट खालि गयो त्यसमा कम्पनीको दोष नभएको बताए । साथै याे नो सो केस भएकाले पैसा फिर्ता गर्न नसकिने बताउँदै एयरलाइन्सले पैसा दिएपछि मात्र फिर्ता गर्न सकिने बताएका छन् ।
एभल हुनु पर्नेमा अन्यथा भएकाेमा सच्चाएकाे छ ।




















प्रतिक्रिया