ग्लोकल आफ्टर स्कूलद्वारा काठमाडौं वल्ड स्कुलको सहकार्यमा अनलाइन लर्निङ फेस्टिवल २०२० सम्पन्न भएको छ । एक हप्ता लामो अनलाइन अनलाइन लर्निङ फेस्टिवल २०२० रोमान्चक रुपमा उत्सवमनादैं समाापन गरिएको हो ।। जुन नेपालका एस. ई .ई दिएर बसेका विद्यार्थीहरूको लागि ग्लोकल आफ्टर स्कूलद्वारा काठमाडौं वल्र्ड स्कुलको सहकार्यमा आयोजना गरिएको थियो ।
सबै एसईई विद्यार्थीहरूलाई एक छाता अन्तर्गत एकीकृत गरी उनीहरूमा उत्साह, रचनात्मकता र उर्जाको उत्थान गर्ने उद्धेश्यले आयोजना गरिएको गरिएको थियो । किशोर किशोरीहरुका लागि सिकाइको मञ्चको रुपमा रहेको अनलाइन लर्निङ फेस्टिवलमा विद्यार्थीहरु निशुल्क रुपमा भागग लिएको आयाोजकले जनाएको छ । अनलाइन लर्निङ फेस्टिवलले किशोर किशोरीहरुका लागि सिपका बारेमा अन्वेषण गर्न, आफु सन्लग्न हुन एवम ज्ञान हासिल गर्न सहयोग पु¥याएको सहभागी छात्र छात्राहले जनाएका छन् ।
यस फेस्टिवल अन्तर्गत उनिहरुले बिभिन्न सिप आधारित कार्यशाला, प्रतियोगिता, क्यारियर मार्गदर्शन सत्र, इन्स्पिरेसनल फिल्म स्क्रीनिंङ डिस्कसन जस्ता बिभिन्न गतिबिधीहरुमा निसुल्क भाग लिन पाएका थिए । एस. ई .ई दिएका विद्यार्थीहरुले आफुलाई मनपरेको बिधामा सन्लग्न भई नयाँ सिप सिक्न मद्धत गरेको थियो।
जुलाई २९ गते सुरु भएका उक्त कार्यक्रममा भविष्य र क्यारियर निर्णयहरू लिन मद्दत गर्न प्रेरणा दायक क्यारियर मार्गदर्शन सत्रमा भाग लिएका थिए । अन्लाईन लेअर्निङ फेस्टिबलको दोस्रो दिन इन्स्पिरेसनल फिल्म स्क्रीनिंग डिस्कसन मार्फत उनिहरुले अवलोकन, आलोचनात्मक र विश्लेषणात्मक सीप बिकास गर्न सफल भएका थिए । साथै अन्य दिनहरुमा उनिहरुले ३ छुट्टाछुट्टै कार्यशालामा सरिक भएका थिए । जहाँ ब्यक्तित्व बिकास, बोल्ने कला एवम सामाजिक सन्जाललाई कसरी सुरक्षित रुपमा चलाउन सकिन्छ भनेर तिनै विषयमा विज्ञहरुबाट ज्ञान प्रदान गरिएको थियो ।
कार्यक्रमका मुख्य आकर्षण लेखन तथा चित्रकला प्रतियोगिता थिए । किशोरअवस्थामा सिप बिकासको महत्व झल्काएर आफ्नो लेखन कला प्रस्तुत गरेका थिए जसमा “शुभम यादव” प्रथम, “बियुश गिरी” दोस्रो एवम “बबिता काफ्ले” तेस्रो बिजेता बन्न सफल भएका थिए । यसैगरी चित्रकला प्रतियोगितामा उनिहरुले आफ्नो स्कुल जिबनका सम्झनाहरु कोरेर भाग लिएका थिए । प्रतियोगिताको बिजेतामा प्रथम “मोहित भट्टराइर्”, द्रितिय “सुदिप्ती श्रेष्ठ” एवम त्रितिय स्थानमा “पेमा गुरुङ” बिजेता बन्न सफल भएका थिए ।
दुबै प्रतिस्पर्धाका विजेताहरूले पुरस्कार स्वरुप प्रथम हुनेले रु १०,०००, दोस्रोले रु ५,००० एवम तेस्रो बिजेताले रु २,००० नगद पुरस्कार तथा उच्च अध्ययनका निमित्त ७५५ सम्मको छात्रवृत्ति पनि जित्न सफल भएका थिए । यस कार्यक्रम मार्फत उनिहरुले सिपका महत्व एवम यसका आयमहरुलाई अझै बिशत्रित रुपमा जान्ने मौका पाएका थिए ।
अनलाइन लर्निङ फेस्टिवलमा विभिन्न रमाईलो गतिविधिहरू समावेश गरिएको थियो । जसको उद्देश्य उनिहरुमा सीप बिकास गर्नु रहेको थियो । उक्त कार्यक्रममा विभिन्न विद्यालयबाट गरि २०० जना एस. ई .ई दिएका विद्यार्थीहरुको संग्ल्गनता रहेकाे थियो ।




















प्रतिक्रिया