Logo

स्वास्थ्य

अख्तियारमा छिर्‍यो कोरोना, १५ जना संक्रमित



अख्तियार दुरुपयाेग अनुसन्धान आयोगमा कार्यरत १५ जनामा कोरोना भाईरस संक्रमण देखा परेको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गत आइतबार गरेको कोरोना परिक्षणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ जना कर्मचारीहरुमा कोरोना पुष्टि भएको जनाएको छ ।

महाशाखाका महानिर्देशक डा. वासुदेव पाण्डेका अनुसार,१ सय ८२ जनाको स्वाब संकलन गरिएकोमा १५ जनामा संक्रमण देखिएको हो ।जसमध्ये सुरक्षाकर्मी धेरै रहेको जनाइएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलवार १३:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।