Logo

प्रमुख समाचार

अभिनेता सिद्धार्थ शुक्लाको निधन



बलिउड अभिनेता तथा बिग बोस–१३ को बिजेता सिद्धार्थ शुक्लाको निधन भएको छ । हृदयघातका कारण उनको मुम्बईस्थित कुपर अस्पतालमा निधन भएको हो ।

बुधबार राति सुत्नुअघि औषधि खाएर सुतेका शुक्लाको बिहिबार निधन भएको अस्पताल स्रोतले जनाएको हो ।

भारतीय टेलिभिजन जगतका चर्चित अभिनेता शुक्लाले बिग बोसको १३ औँ संस्करण समेत जित्न सफल भएका थिए ।

शुक्ला चर्चित टेलिसिरियल ‘बालिका बधु’ बाट आफ्नो चर्चामा आएका थिए।

सन् १९८० को डिसेम्बर १२ मा जन्मेकाउनले सन् २००४ मा टिभीमा पहिलोपटक अभिनय गरेका थिए । उनले सन् २००८ मा ‘वह बाबुलका आंगन छुटे ना’ नामको सिरियलमा काम गरेका थिए । ।

शुक्लाले टेलिभिजनसँगै बलिउडमा पनि कदम राखेका थिए । उनले​ २०१४ मा रिलिज भएको फिल्म ‘हम्टी शर्माकी दुल्हनिया’ मा समेत काम गरेका थिए ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार १३:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।