Logo

बैंकिङ

मञ्जुश्री फाईनान्स लिमिटेडको ३ शाखा कार्यालय शुभारम्भ



मञ्जुश्री फाईनान्स लिमिटेडले आफ्नो बाह्रौं,तेह्रौं चौधौ र पन्ध्रौ शाखा कार्यालय रुपन्देही जिल्लाको मुर्गिया, योगिकुटि, मणिग्राम, र भैरहवाको कारोबार शुभारम्भ गरेको छ ।

मञ्जुश्री फाईनान्स लिमिटेड को सञ्चालक समिति अध्यक्ष र सञ्चालक समिति सदस्यहरुले शाखा कार्यालयको उद्घाटन गरे । काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको यस फाईनान्सको यस अघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज,धरान,पोखरा र विरगञ्ज मा ११ वटा शाखा रहेका थिए भने अव थप ४ सहित शाखा संख्या १५ रहनेछ ।

२०७८ साल अषाढ मसान्त सम्म रु. ९६ करोड ५३ लाख चुक्ता पुँजी एवं रु ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले रु ८.९१ अर्व निक्षेप संकलन गरि रु ७.९५ अर्व कर्जा परिचालन गरेको छ ।

यसका साथै यस फाईनान्सले विप्रेशण, मोवाइल बैकिंग, इन्टरनेट बैकिंग र Atm सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आईतवार १९:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।